म सधै झैँ आमासँग गफ सुरु गर्न एकै प्रश्न तेर्स्याउँछु,
“के गरिछ्यौ बुढी मान्छे!”
यो प्रश्नले मलाई आमाको संसारको दैलो खोलि दिन्छ।आमा मेरो प्रश्नको जवाफ नदिँ उल्टै मलाई प्रश्न गर्छिन्, “ त आको त थानै पाईन, झरीले चिसो भर चाडै ओछ्यान सामाते हिजो। भात राख्देका थे कि नाई? तेरोमरो भनेर त आउनु पर्छ नि!”